बलात्कार यौन हिंसा तथा बालबालिकाविरुद्ध हुने अपराधलाई नियन्त्रण गर्न कानुनलाई थप कडा बनाउने तयारी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सबिता गाैतमले बलात्कार, यौन हिंसा तथा बालबालिकाविरुद्ध हुने अपराधलाई नियन्त्रण गर्न विद्यमान कानुनलाई थप कडा बनाउने तयारी भइरहेको बताएकी छन्।
उनका अनुसार यस्ता अपराधमा संलग्नलाई अझ कठोर सजायको दायरामा ल्याउने उद्देश्यसहित कानुनी संशोधनको प्रक्रिया अघि बढाइएको छ।
मन्त्री गौतमले यससम्बन्धी संशोधन विधेयक आगामी संसद् अधिवेशनमा पेश गरिने जानकारी दिइन्।
सरकारले विशेषगरी महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै कानुनी संरचना सुदृढ गर्न लागेको उनको भनाइ छ।
