समाचार

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता हुने

Spread the love

नयाँदिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म भएको भेटवार्तामा प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत सोमबार हुने औपचारिक कार्यक्रमबारे छलफल भएको थियो।प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँदिल्लीमा भएको भेटवार्ता सम्पन्न भएको छ। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले आइतबार साँझ जयशंकरसँग करिब आधा घण्टा छलफल गरेका हुन्।

भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपालका प्रधानमन्त्री शाहको भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय छलफलको कार्यसूचीबारे जानकारी गराएका थिए।

त्यसक्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने वार्ता, प्रतिनिधिमण्डलस्तरीय छलफल, सम्भावित सहमति तथा सम्झौता र शिलान्यासका कार्यक्रमबारे जानकारी दिइएको बताइएको छ।

प्रधानमन्त्री शाह र जयशंकरबीच नेपाल तथा भारतका प्रतिनिधिहरूसहित भएको सामूहिक छलफल सम्पन्न भएपछि अहिले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच छुट्टै भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। उक्त भेटवार्तालाई नेपाल–भारत सम्बन्ध र आगामी सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।