प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा मोदीसँग द्विपक्षीय वार्ता हुने
काठमाडौं, मंसिर ६। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा निस्किएका हुन्। यो प्रधानमन्त्री पद सम्हालेपछि उनको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण हो।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्। निजी क्षेत्रका प्रतिनिधिहरू पनि भ्रमणमा सहभागी भएका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा गर्दै व्यापार, पारवहन, लगानी, ऊर्जा, जलविद्युत्, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने बताइएको छ।भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा गर्दै व्यापार, पारवहन, लगानी, ऊर्जा, जलविद्युत्, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी, नेपालमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भारतीय सहयोग, ऊर्जा व्यापार, सडक तथा हवाई सम्पर्क विस्तार र विकास आयोजनामा सहकार्यका विषय पनि प्राथमिकतामा रहने अपेक्षा गरिएको छ। विशेषगरी पश्चिम भारतबाट भैरहवा र पोखरासम्म हवाई सम्पर्क विस्तार गर्ने विषयले पनि भ्रमणमा महत्त्व पाउने देखिएको छ।
प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने तथा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्रीको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्नेछन्।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने यस भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणबाट दुई देशबीच आपसी विश्वास अभिवृद्धि हुनुका साथै नेपालको राष्ट्रिय हित, आर्थिक विकास र पूर्वाधार निर्माणमा ठोस उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।
