मध्यपूर्वको वर्तमान तनावको कारण स्वदेश फर्किन चाहनेले दूतावासमा आवेदन दिन आग्रह

Spread the love

कतारमा बसोबास गर्ने नेपाली नागरिकलाई मध्यपूर्वको वर्तमान तनावको कारण स्वदेश फर्किन दूतावासले आवेदन दिन आग्रह गरेको छ। दूतावासले वैध कतार आईडी भएका नेपालीहरूले साउदी अरबको विमानस्थलमार्फत नेपाल फर्किन सक्ने व्यवस्था मिलाएको जनाएको छ। इच्छुक नागरिकहरूले ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत आवेदन दिन सक्नेछन् भने दूतावासले सेवा केन्द्रको फोन नम्बर पनि सार्वजनिक गरेको छ।