एम्बुलेन्स सर्भिसमार्फत निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सेवा लिन १०२ नम्बरमा फोन गर्न सकिने
सुरेस कुमार थपलिया
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार सेवाले आपत्कालीन प्रतिक्रिया र उद्धार कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। महानगरले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै उपचार सहायता, उपकरण र पूर्वाधार सुधारका कामसमेत अघि बढाएको छ।काठमाडौंमा बाइक एम्बुलेन्स सेवा सुरु ! ट्राफिक जाम र साँघुरा गल्लीमा पनि अब छिटो स्वास्थ्य सहायताट्राफिक जाम, साँघुरा सडक र गल्लीमा छिटो आपत्कालीन स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
नियमित एम्बुलेन्स पुग्न कठिन हुने स्थानमा बिरामी तथा घाइतेलाई तत्काल सहायता उपलब्ध गराउन यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।महानगरले नेपाल एम्बुलेन्स सर्भिसमार्फत निःशुल्क एम्बुलेन्स सेवा पनि निरन्तर सञ्चालन गरिरहेको छ। उक्त सेवा लिन १०२ नम्बरमा फोन गर्न सकिनेछ।
