समाचार

पेन्सन सुविधामा असर पर्न सक्ने आकलन कर्मचारीले विधेयक लागू हुनुअघि नै सेवा छाड्ने निर्णय

Spread the love

सबिना प्रजा

निजामती किताबखानाको विवरणअनुसार राजीनामा दिनेमा ४ सचिव, ११ सहसचिव, १०८ उपसचिव, १२६ शाखा अधिकृत तथा ११८ नायब सुब्बा र खरिदार रहेका छन्। कार्यालय सहयोगी तथा अन्य श्रेणीविहीन १६३ कर्मचारीले समेत सेवा छाडेका छन्।नयाँ निजामती सेवा ऐनको तयारी र प्रस्तावित व्यवस्थाबीच साउन १ देखि असोज १४ गतेसम्म ६१४ जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्।निजामती सेवामा राजीनामाको लहर! साउनयता ६१४ कर्मचारीले छाडे जागिर, असोजमै ४०४ जना रहेका छन् ।साउन र भदौमा २१० जनाको राजीनामा दर्ता भएकोमा असोज १ देखि १४ गतेसम्म मात्रै ४०४ राजीनामा किताबखानामा पुगेका छन्। यसले पछिल्लो समय सेवाबाट बाहिरिने कर्मचारीको संख्या तीव्र रूपमा बढेको देखाएको छ।

सरकारले नयाँ निजामती सेवा ऐनअन्तर्गत ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदसम्बन्धी व्यवस्था प्रस्ताव गरेपछि कर्मचारीमा अवकाश र पेन्सन सुविधाबारे चासो बढेको बताइएको छ।निजामती सेवा विधेयक असोज १५ गते संसद्मा दर्ता भएपछि राजीनामा दिने क्रम अझ बढेको जनाइएको छ। प्रस्तावित व्यवस्थाले भविष्यको अवकाश तथा पेन्सन सुविधामा असर पर्न सक्ने आकलन गर्दै केही कर्मचारीले विधेयक लागू हुनुअघि नै सेवा छाड्ने निर्णय गरेको देखिएको छ।