सुरक्षा मजबुत नागरिकता वितरण प्रक्रिया अघि बढाउने विषयमा सहमति

Spread the love

सबिना प्रजा

जिल्ला प्रशासन कार्यालय नवलपरासीमा छलफल गरिएको छ। सुस्ताका बासिन्दा काठमाडौंमा आन्दोलन सक्दै गाउँ फर्किएका छन्। सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरेका थिए। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसहित सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा गृह मन्त्रालयको निर्देशन कार्यान्वयनबारे छलफल भएको हो।

छलफलमा सीमा सुरक्षा मजबुत बनाउने र नागरिकता वितरण प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिएका छन्।प्रशासनले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति थपिएको र गस्ती अझ बढाइने जनाएको छ।