राप्रपा महाधिवेशन अध्यक्ष पदको प्रतिस्पर्धा रोचक
राष्ट्रिय प्रजातन्त्र पार्टि आठौं महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ । संस्थापनइतर पक्षबाट थापा वा विक्रम पाण्डेमध्ये एकले उम्मेदवारी दिने निश्चितजस्तै छ । पाण्डेले सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताएका छन् भने प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आठौं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदको प्रतिस्पर्धा रोचक बनेको छ । अध्यक्षमा दोहोरिन चाहेका राजेन्द्र लिङ्देनलाई रोक्न पूर्वअध्यक्ष कमल थापा र डा. प्रकाशचन्द्र लोहनी एक ठाउँ उभिएका छन् ।
