गुणस्तरहीन इन्धनमा आयल निगम दोषी ठहर ११ करोड २१ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने

Spread the love

सुनसरीको दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि नेपाल आयल निगमसँग फर्नेस आयल खरिद गर्ने सम्झौता गरेको थियो। सम्झौताअनुसार उपलब्ध गराइएको इन्धनको गुणस्तरमाथि पछि प्रश्न उठेको थियो।नेपाल आयल निगमले गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। करिब ११ वर्षअघि सुरु भएको विवादमा सर्वोच्च अदालतले निगमलाई जिम्मेवार ठहर गर्दै यस्तो फैसला सुनाएको हाे ।

नियमअनुसार फर्नेस आयलमा अधिकतम एक प्रतिशत मात्रै पानी हुनुपर्ने व्यवस्था रहे पनि आपूर्ति गरिएको इन्धनमा २६ प्रतिशतसम्म पानी भेटिएको भन्दै नेपाल विद्युत् प्राधिकरण अदालत पुगेको थियो।लामो न्यायिक प्रक्रियापछि सर्वोच्च अदालतले गुणस्तरहीन इन्धन उपलब्ध गराएको निष्कर्ष निकाल्दै नेपाल आयल निगमलाई दोषी ठहर गरेको छ। अदालतको फैसलाअनुसार निगमले नियमबमोजिम ११ करोड २१ लाख रुपैयाँ क्षतिपूर्ति प्राधिकरणलाई उपलब्ध गराउनुपर्नेछ।