राेमानियामा रेलले ठक्कर दिँदा दुई नेपालीकाे घटनास्थलमै मृृत्यु
सञ्चारमाध्यमहरूका अनुसार रेलले ठक्कर दिँदा २५ र ३६ वर्षका दुई नेपाली नागरिकको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरूको विस्तृत परिचय भने अझै सार्वजनिक गरिएको छैन।युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट दुई जना नेपाली नागरिकको दुःखद निधन भएको छ। दुर्घटना आइतबार बिहान स्थानीय समयअनुसार ३:२१ बजे राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर टाढा रहेको बाकाउ सहरको चिमीई रेलमार्ग क्षेत्रमा भएको हो।
रोमानियामा वैदेशिक रोजगारीका सिलसिलामा करिब ५० हजार नेपाली कार्यरत रहेको अनुमान छ। तर, त्यहाँ नेपालको आफ्नै दूतावास वा कूटनीतिक नियोग नभएकाले रोमानियासम्बन्धी सम्पूर्ण कूटनीतिक जिम्मेवारी बर्लिनस्थित नेपाली राजदूतावासले सम्हाल्दै आएको छ।रोमानियामा नेपाली कामदारको संख्या उल्लेख्य भए पनि त्यहाँ नेपाल सरकारको स्थायी कूटनीतिक उपस्थिति नहुँदा यस्ता आकस्मिक घटनामा समन्वय गर्न चुनौती हुने गरेको । मृतकहरूको विस्तृत परिचय भने अझै सार्वजनिक गरिएको छैन।घटनाबारे जानकारी प्राप्त भएपछि रोमानिया हेर्ने जिम्मेवारी रहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय सुरु गरेको जनाएको छ। दूतावासका तृतीय सचिव दिपेन्द्रप्रसाद साहले घटनाको जानकारी प्राप्त भइसकेको र आवश्यक प्रक्रिया अघि बढाइएको बताएका छन्।
