व्यवसायीलाई सुरक्षा दायित्व निर्वाह गर्नुपर्ने धारणा-पूर्वअर्थमन्त्री रामेस्वर खनाल

Spread the love

प्रहरीले करिब साढे ५ घण्टासम्म खानतलासी सञ्चालन गरे पनि कुनै सामग्री बरामद नगरी फर्किएको घटनाले विभिन्न तहमा बहस सुरु भएको छ। यही घटनालाई लिएर पूर्वअर्थमन्त्री खनालले यस्तो कार्यशैली उपयुक्त नभएको टिप्पणी गरेका हुन्।पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्यमी तथा व्यवसायीको घर र कार्यस्थलमा छापा मार्ने कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन्। विराटनगरस्थित देवनारा समूहका सञ्चालक प्रकाश मुन्दडाको घर र कार्यालयमा सोमबार बिहान प्रहरीले गरेको खानतलासीपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्

उनले सामाजिक सञ्जालमा, ‘उद्यमी-व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन!’ भन्दै राज्यले उद्यमी तथा व्यवसायीलाई सुरक्षा प्रदान गर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका छन् स्राेतका अनुसार अवैध नगद सञ्चिति, हुन्डी कारोबार, चाँदीको कारोबार तथा कर छलीको आशंकामा प्रहरीले उक्त खानतलासी गरेको थियो। यद्यपि, यसबारे प्रहरी प्रशासनले आधिकारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन।खानतलासीपछि व्यवसायी प्रकाश मुन्दडाले प्रहरीले घरका सबै कोठा र भकारीसम्म जाँच गरे पनि कुनै वस्तु नभेटिएको तथा अन्ततः आफूहरूलाई सफाइ दिएर फर्किएको बताएका छन्।