बीरेन्द्र कठायतले पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सक्रिय रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिवालय गाउँपालिका सभापति बीरेन्द्र कठायतले पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।स्थानीय राजनीतिक स्रोतका अनुसार कठायतले औपचारिक कार्यक्रममार्फत एमालेमा आवद्धता जनाएका हुन्। उनी रास्वपाको शिवालय गाउँपालिका तहको नेतृत्व सम्हालिरहेका थिए।उनको प्रवेशसँगै शिवालय गाउँपालिकामा राजनीतिक समीकरणमा परिवर्तन आउने आकलन गरिएको छ। एमालेले स्थानीय तहमा संगठन विस्तारको अभियानलाई तीव्र बनाइरहेका बेला कठायतको प्रवेशलाई रणनीतिक उपलब्धिका रूपमा हेरिएको छ।
