स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा

Spread the love

९१औं मिनेटमा स्पेनका मिकेल मेरिनोले निर्णायक गोल गर्दै खेलको नतिजा आफ्नो पक्षमा पारे। विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोको अन्तिम विश्वकप यात्रा समाप्त भएको छ। सोमबार बिहान भएको रोमाञ्चक अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो। त्यसपछि पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

४१ वर्षीय रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। त्यसैले यो हारसँगै उनको ऐतिहासिक विश्वकप अध्याय पनि समाप्त भएको छ।अब स्पेनले क्वार्टरफाइनलमा अमेरिका र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।