सीमा क्षेत्रमा भन्सार जाँच कडा बनाइएपछि भारतले औपचारिक प्रतिक्रिया तस्करी नियन्त्रण गर्न यस्तो कदम

Spread the love

काठमाडौँ — नेपाल–भारत सीमा क्षेत्रमा भन्सार जाँच कडा बनाइएपछि उत्पन्न तनावप्रति भारतले औपचारिक प्रतिक्रिया दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले नेपालले अनौपचारिक व्यापार र तस्करी नियन्त्रण गर्न यस्तो कदम चालेको बुझिएको बताएका छन्।

नेपालले १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती क्षेत्रमा असन्तुष्टि बढेको छ।

जैसवालले यात्रुहरूले बोकेर ल्याउने भारतीय सामानमा भन्सार लगाइएको रिपोर्टबारे भारत जानकार रहेको उल्लेख गरे।

साथै, घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई नरोकिने भन्ने नेपाली पक्षको दाबीलाई पनि भारतले नजिकबाट नियालिरहेको उनले बताए।

यो व्यवस्थाले विशेषगरी तराई क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको छ। दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर नागरिकले विरोध जनाइरहेका छन्।

सीमावर्ती क्षेत्रका सांसदहरूले समेत सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै नियम खुकुलो बनाउन सरकारसँग माग गरेका छन्।