देशलाई मुठ्ठीमा लिएर राजनीतिक दलहरूलाई विकृत बनाउने पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्नेछन् – अर्थ मन्त्री स्वर्णेम वाग्ले

Spread the love

सरकारविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र हिलो छ्याप्ने प्रयास भइरहेको आरोप लगाएका छन्।बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने दाबी गरे। उनका अनुसार सुशासनको एजेन्डासहित आएको सरकारलाई कमजोर बनाउन आधारहीन आरोपहरू लगाइएको छ।देशलाई मुठ्ठीमा लिएर राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्नेछन् । मन्त्री वाग्लेले भने।पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको तथा केही पृष्ठ गायब भएको भन्ने आरोपबारे उनले स्पष्टिकरण दिँदै ती दाबीहरू भ्रामक रहेको बताए। भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र रगत तथा भ्याक्सिन बोक्ने क्यारियरमा मात्र मानवीय कारणले सामान्य संशोधन गरिएको उनको भनाइ थियो।

विधेयकका १६ पृष्ठ गायब भएको आरोपलाई पनि उनले अस्वीकार गर्दै यो माइक्रोसफ्ट वर्डको प्राविधिक विषय भएको बताए। संसदमा पेश गरिसकेपछि विधेयकको सामग्रीमा कुनै परिवर्तन नगरिएको उनको दाबी छ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे बोल्दै मन्त्री वाग्लेले कृषिलाई व्यावसायिक र औद्योगिक क्षेत्रमा रूपान्तरण गर्ने लक्ष्यसहित नीति ल्याइएको जानकारी दिए। मल अनुदानका लागि ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको र अब उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिने बताए।उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा उत्तर–दक्षिण करिडोरलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै बजेट कार्यान्वयन सहज बनाउन मन्त्रालयहरूलाई रकमान्तरको अधिकारसमेत दिइएको जानकारी गराए।