जनप्रतिनिधिले जनताकाे आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने
आइतबार तनहुँको दमौली र दुलेगौंडामा राट्रिय स्वतन्त्र पाटि का नेता तथा कार्यकर्तासँग भएको छलफलमा उनले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारका जनप्रतिनिधिले जनताको अपेक्षा र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
मन्त्रीसुनिल लम्सालले जनताले भोगिरहेका समस्या र गुनासा सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गर्दै सरकार सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।तनहुँको दमौली र दुलेगौंडामा राट्रिय स्वतन्त्र पाटि का नेता तथा कार्यकर्तासँग भएको छलफलमा उनले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारका जनप्रतिनिधिले जनताको अपेक्षा र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले तनहुँ जिल्लाका लागि उपलब्ध चार अर्ब रुपैयाँको बजेट सीमाभित्र सडक तथा पुल निर्माणका योजना तयार गरी अघि बढाउन सरोकारवाला निकायलाई आग्रह गरे।छलफलका क्रममा विश्व बास्ताेलाले तनहुँको विकास तथा निर्माणसँग सम्बन्धित विभिन्न विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराएका थिए।
