समाचार

सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर शिक्षक सिकाइ उपलब्धि पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने

Spread the love

टिकाराम भन्डारि

सरकारले पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरी १२ कोठे, तीनतले भवन निर्माणको काम अघि बढाएको जनाएको छ। आवश्यकताअनुसार प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा तथा अन्य पूर्वाधारसमेत सुधार गरिनेछ।ठूला सामुदायिक विद्यालयमा सरकारको ६ अर्बभन्दा बढी लगानी १०९ विद्यालयमा नयाँ भवन र पूर्वाधार विस्तार गर्दै जाने लक्ष्य सरकारले विद्यार्थीको चाप बढेका १०९ ठूला सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने योजना अघि बढाएको छ। दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तार गर्न लागिएको हो।

देशभर सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय हो, जहाँ ८ हजार २३९ विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ। रुपन्देहीकै शान्ति नमुना, कान्ति र नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय पनि धेरै विद्यार्थी भएका विद्यालयको सूचीमा छन्।

अधिकारीहरूका अनुसार राम्रो व्यवस्थापन, अंग्रेजी माध्यम, प्रविधिमैत्री शिक्षण, अतिरिक्त क्रियाकलाप र राम्रो नतिजाका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ। तर केही विद्यालयमा मात्र विद्यार्थी केन्द्रित हुँदा अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी अभाव कायमै रहनु चुनौती बनेको छ।

सरकारले ठूला विद्यालयमा लगानी गरे पनि दीर्घकालीन रूपमा देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, शिक्षक व्यवस्थापन, सिकाइ उपलब्धि र पूर्वाधार सुधारमा समान ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।