जलवायु न्यायकाे लागि क्यानबेरास्थित दूतावास सिड्नीस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त सञ्चारकर्मी प्रश्नोत्तर कार्यक्रममा समेत सहभागी हुनेछन्। नेपालको सहभागितामार्फत जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली मुलुकका सरोकार अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अपेक्षा गरिएको छ।
फिजी र टुभालुको कार्यक्रमपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया जानेछन्। उनले अक्टोबर ८ मा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा हितका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
अस्ट्रेलिया भ्रमणका क्रममा खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। उनको भ्रमण अक्टोबर १२ मा नेपाल फर्किएसँगै सम्पन्न हुनेछ।
