समाचार

बिजुली भारत बङ्गलादेश को बजारमा निर्यात गर्दै

Spread the love

सबिना प्रजा

प्राधिकरणका अनुसार द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्री गरी ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ।नेपालले एकै महिनामा ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौ महिनामा भारत र बङ्गलादेशतर्फ ५६ करोड ५६ लाख युनिटभन्दा बढी बिजुली निर्यात गरिएको हो।

त्यस्तै, विद्युत् एक्सचेन्ज बजारमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी बिजुली बिक्री गरी थप १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको छ।विद्युत् उत्पादन बढेसँगै नेपालले आन्तरिक खपतपछि अतिरिक्त बिजुली भारत र बङ्गलादेशको बजारमा निर्यात गर्दै विदेशी मुद्रा आर्जन गर्ने क्रम बढाएको छ।