विष्णुकुमारी मिर्गौला प्रत्यारोपण गराउने ८६औँ बिरामी अस्पतालले मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल
टिकाराम भन्डारि
सामाजिक सञ्जालमार्फत विष्णुकुमारीको अवस्थाबारे जानकारी पाएपछि केएमसीका सञ्चालक डा. सुनीलकुमार शर्माले सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेका थिए। त्यसपछि चिकित्सक टोलीले आवश्यक प्रक्रिया पूरा गरी मिर्गौला प्रत्यारोपण गरेको होभोटेकोशी बाढीमा घरबार र उपचारका लागि वर्षौँदेखि जम्मा गरेको रकमसमेत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डङ्गोलको काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क मिर्गौला प्रत्यारोपण सफल भएको छ।विष्णुकुमारीलाई उनका पति राजकुमार डङ्गोलले मिर्गौला दान गरेका हुन्। सफल प्रत्यारोपणपछि दुवै जना स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएका छन्।
केएमसीका अनुसार विष्णुकुमारी अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गराउने ८६औँ बिरामी बनेकी छन्। अस्पतालले हालसम्म गरेका मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएको दाबी गरेको छ।
