३८ वटा छावाको बाबु रोनाल्डोको मृत्यु
सुरेस कुमार थपलिया
निकुञ्जका अनुसार रोनाल्डो चितवनको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल नजिकैको कुमाल ताल क्षेत्रमा आज बिहान मृत फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ।
करिब २४ वर्षअघि निकुञ्ज क्षेत्रमा देखापरेको रोनाल्डो हात्ती प्रजनन केन्द्रका पोथी हात्तीबाट जन्मिएका ३८ वटा छावाको बाबु रहेको निकुञ्जले जनाएको छ। प्रजनन केन्द्रमा रोनाल्डोको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।
