बिहार सरकारको कडा आलोचना विद्यार्थीप्रति कठोर बन्दै गएकाे आराेप

Spread the love

प्रहरी जवानलाई निलम्बन गरिएको सिवानका प्रहरी उपरीक्षक पूरन कुमार झाले जानकारी दिएका छन्। उनीविरुद्ध विभागीय कारबाहीको प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ।भारतको बिहार राज्यको सिवान जिल्लामा विद्यार्थी प्रदर्शनका क्रममा एके–४७ राइफल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सम्बन्धित प्रहरी जवान निलम्बित भएका छन्

केही दिनअघि नीट (NEET) लगायतका परीक्षामा प्रश्नपत्र चुहावटको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनले बिहारका सिवान, पटना लगायतका स्थानमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच हिंसात्मक झडप भएको थियो।स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। त्यसक्रममा ढुंगामुढा पनि भएको थियो। प्रहरीको गोली लागेर तीन जना विद्यार्थी घाइते भएको दाबी गरिएको छ। यद्यपि उनीहरूलाई लागेको गोली प्रहरीतर्फबाट चलेको हो वा प्रदर्शनकारीतर्फबाट भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक झाले बताएका छन्।

प्रहरीका अनुसार प्रदर्शनमा केही असामाजिक तत्व मिसिएर सुरक्षाकर्मीमाथि नै गोली चलाएपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्नुपरेको थियो।घटनाको भिडियो भाइरल भएपछि विपक्षी दलहरूले बिहार सरकारको कडा आलोचना गरेका छन्। विपक्षी नेता राहुल गान्धीले सरकार विद्यार्थीप्रति कठोर बन्दै गएको आरोप लगाएका छन्। यस्तै, आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले निहत्था प्रदर्शनकारीमाथि एके–४७ प्रयोग गरिएको घटनालाई ‘राज्यको बर्बरता’ को संज्ञा दिएका छन्।