जननायक बीपीका मार्गनिर्देशनात्मक विचार व्यवहारबाट ओझेलमा
देवराज थपलिया
चितवन भरतपुर
जननायक बीपी कोइरालाले नेपाली राजनीति, लोकतन्त्र, राष्ट्रियता र समाजवादबारे दिएका मार्गनिर्देशनात्मक विचार व्यवहारबाट ओझेलमा पर्दै गएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ। बीपीले लोकतन्त्रलाई जनताको अधिकारसँग जोड्दै राजनीतिक दल र नेतृत्व जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए। उनका विचार नेपाली कांग्रेसको राजनीतिक दर्शन र लोकतान्त्रिक आन्दोलनका प्रमुख आधार मानिन्छन्।
तर बदलिँदो राजनीतिक परिवेशमा बीपीका आदर्श, सिद्धान्त र विचारलाई व्यवहारमा उतार्ने प्रतिबद्धता कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ। नेतृत्वले बीपीलाई औपचारिक रूपमा स्मरण गर्नेभन्दा पनि उनका विचारअनुसार जनहित, सुशासन, राष्ट्रियता र लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता देखिएको छ। बीपीका मार्गनिर्देशनलाई राजनीतिक आचरण र शासन सञ्चालनको आधार बनाउन नसके लोकतन्त्रप्रतिको जनविश्वास थप कमजोर हुने निष्कर्षसमेत निकालिएको छ।
