२०८३ मंसिर ८ गते मंगलबार मेषदेखि मीन राशिसम्मको फलादेश कसको दिन कस्तो रहला ?
ज्याेतिष झलक पाैडेल
मंसिर ८ गते मंगलबार अर्थात् आज १२ वटै राशिका लागि विभिन्न अवसर, चुनौती र सम्भावना देखिन्छन्। परम्परागत ज्योतिषीय मान्यताअनुसार आज केही राशिका लागि कार्यक्षेत्र र आर्थिक गतिविधिमा सकारात्मक संकेत देखिन्छ भने केही राशिले पारिवारिक सम्बन्ध र खर्चमा संयमता अपनाउनुपर्नेछ।
१. मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन उत्साहजनक रहनेछ। रोकिएका काम अघि बढ्नेछन्। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारमा सुखद वातावरण रहनेछ।
२. वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। काममा केही ढिलाइ हुन सक्छ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। स्वास्थ्य र आराममा ध्यान दिनुहोला।
३. मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन अनुकूल रहनेछ। रोकिएका काम पूरा हुन सक्छन्। व्यापार व्यवसायमा प्रगति हुनेछ। साथीभाइ तथा सहकर्मीबाट सहयोग मिल्नेछ। आम्दानीका नयाँ अवसर प्राप्त हुन सक्छन्।
आजको दिन अनुकूल रहनेछ। रोकिएका काम पूरा हुन सक्छन्। व्यापार व्यवसायमा प्रगति हुनेछ। साथीभाइ तथा सहकर्मीबाट सहयोग मिल्नेछ। आम्दानीका नयाँ अवसर प्राप्त हुन सक्छन्।
४. कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। जिम्मेवारी बढे पनि मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्था सुधार हुनेछ। परिवारबाट सहयोग र सद्भाव प्राप्त हुनेछ।
५. सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज काममा केही अवरोध आउन सक्छ। धैर्य र संयमताका साथ अघि बढ्नुहोला। अनावश्यक दौडधुप कम गर्नु राम्रो हुनेछ। धार्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्न सक्छ।
६. कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज महत्वपूर्ण निर्णय गर्दा हतार नगर्नुहोला। नयाँ काम सुरु गर्नुअघि आवश्यक तयारी गर्नु राम्रो हुनेछ। आर्थिक कारोबारमा सचेत रहनुहोला। परिवारसँग समय बिताउँदा मन प्रसन्न रहनेछ।
७. तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज साझेदारीका काममा सफलता मिल्न सक्छ। दाम्पत्य तथा पारिवारिक सम्बन्ध सुमधुर रहनेछन्। व्यापारमा सुधार आउने सम्भावना छ। बोली र व्यवहारमा मिठास कायम राख्नुहोला।
८. वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रतिस्पर्धात्मक काममा सफलता प्राप्त हुन सक्छ। रोकिएका आर्थिक काम अघि बढ्नेछन्। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्न सकिनेछ। खानपान र दैनिक दिनचर्यामा ध्यान दिनुहोला।
आज प्रतिस्पर्धात्मक काममा सफलता प्राप्त हुन सक्छ। रोकिएका आर्थिक काम अघि बढ्नेछन्। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्न सकिनेछ। खानपान र दैनिक दिनचर्यामा ध्यान दिनुहोला।
९. धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा केही अन्योल उत्पन्न हुन सक्छ। अध्ययन तथा सिर्जनात्मक काममा ध्यान दिनुहोला। परिवारका सदस्यसँगको भेटघाटले खुसी थप्नेछ। महत्वपूर्ण निर्णय सोचविचार गरेर लिनु राम्रो हुनेछ।
१०. मकर राशि (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज पारिवारिक तथा घरायसी काममा व्यस्तता बढ्न सक्छ। कार्यक्षेत्रमा धैर्य आवश्यक पर्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आफन्तसँगको सम्बन्धमा समझदारी कायम राख्नुहोला।
११. कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ योजना बनाउने अवसर मिल्न सक्छ। छोटो यात्राबाट फाइदा पुग्न सक्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ। काममा सक्रियता बढ्नेछ। आर्थिक कारोबारमा भने योजना बनाएर अघि बढ्नुहोला।
१२. मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज आर्थिक तथा पारिवारिक विषयमा सोचविचार गर्नुपर्नेछ। बोल्दा संयमता अपनाउनुहोला। नयाँ अवसर पहिचान गर्ने समय छ। काममा मेहनत गरेअनुसार परिणाम प्राप्त हुन सक्छ।
आजको समग्र फलादेश
