वाद्य वादन तालिम उद्घाटन सम्पन्न
स्वस्ति रेगमि
भरतपुर महानगरपालिका वडा नं ५ ले आफ्नो वडामा बसोबास गर्ने ६० जना नागरिकहरुलाई वाद्य वादन सम्बन्धी मादल बजाउने तालिमको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। एक महिना अवधि रहेको सोही तालिम भरतपूर महानगरपालिका वडा नं ११ मा रहेको हितैषी सिपमुलक तालिम केन्द्रले सेवा प्रदायक संस्थाको रूपमा रहेर तालिम सञ्चालन गर्ने भएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि युद्ध प्रसाद श्रेष्ठ, विशिष्ट अतिथि शारदा नेपाली परियार , विशिष्ट अतिथि विशाल बाबु तिमल्सेना, विशिष्ट अतिथि,चन्द्रमणि भुषाल, विशिष्ट अतिथि वडा सचिव लक्ष्मी कुमारी गुरुङ,अतिथि नेपाल बार काउन्सिल परिषद सदस्य तथा मानव अधिकार शान्ति समाज सभापति पूर्णचन्द्र चापागाईं,अतिथि हितैषी सिपमुलक तालिम केन्द्रका निर्देशक देवराज थपलिया,प्रशिक्षक सिता सिग्देल,प्रशिक्षक स्वस्ती रेग्मी लगाएत तालिममा ६० जनाको उपस्थिति रहेको थियो।प्रमुख अथिति वडा अध्यक्ष युद्ध प्रसाद श्रेष्ठले तालिमका सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै धर्म संस्कृति तथा परम्पराको जगेर्ना गर्न मादल खैंजडी ,मजुराको माग बमोजिम सोही तालिम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रममा आफ्ना मन्तव्यका क्रममा सबैलाई शुभकामना दिँदै राम्रो सँग तालिम सिक्न र व्यवहारमा लागू गर्न समेत उहाँले उत्प्रेरणा दिनुभयो। विशिष्ट अतिथि शारदा नेपाली परियारले सबैमा शुभकामना दिनुभयो। विशिष्ट अतिथि विशाल बाबु तिमल्सेनाले तालिमका सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै तालिम प्रशिक्षण अवधिमा भएका गतिविधिहरूको उच्च मूल्याङ्कन गरिने बताउनुभयो। विशिष्ट अतिथि चन्द्रमणि भुषालले धर्म संस्कृति परम्परा जोगाउन यस तालिमको छुट्टै महत्त्व रहेको बताउनुभयो। विशिष्ट अतिथि वडा सचिव लक्ष्मी कुमारी गुरुङले तालिम अवधिभर अनिवार्य उपस्थित भई तालिम सिकेर संस्कृतिको जगेर्ना गर्न सबैमा आग्रह गर्नुभयो।अतिथि पूर्णचन्द्र चापागाइँले मानव अधिकार र शान्ति समाजमा नागरिकको भूमिका बारेमा प्रष्ट्याउनु भयो। हितैषी सिपमुलक तालिमकेन्द्रका निर्देशक देवराज थपलियाले सबैलाई तालिम अवधिभर अनिवार्य उपस्थित रही तालिम सिक्न अनुरोध गर्नुभयो। कार्यक्रम संयोजक तथा कार्यक्रम उद्घाटन समारोहका अध्यक्ष मुना तामाङ लामाले तालिमका सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै सबैले उत्सुकताका साथ तालिम सिकेर व्यवहारमा उतार्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।








