६ बिगाहा अफिम खेती फडानि गरी नष्ट
जिल्ला प्रहरी कार्याल चितवनबाट प्रहरी निरीक्षक लक्ष्मण के.सी. को कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक निरला भण्डारीको कमाण्डमा ९ जना गरी जम्मा २० जना खटिएको प्रहरी टोलिले जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ भोर्ले, गौरीगाउ, हाडीगाउ, डोरेनि, चौकिडाडा स्थित बिभिन्न स्थानहरुमा अं. ६ बिगाहामा लगाएको लागु औषध अफिम खेती फडानी गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।
