वडाको प्राथमिकतामा नागरिकको स्वास्थ्य

Spread the love


भरतपुर महानगरपालिका वडा नं २ द्वारा भरतपूर आँखा अस्पतालको सहकार्यमा वडा मा बसोबास गर्ने १२३ जनालाई निशुल्क आँखा जाँच तथा उपचार सेवा प्रदान गरिएको छ। उक्त कार्यक्रम उद्घाटन गर्दै वडा अध्यक्ष मनोज रानाभाटले कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भनी आँखा सम्बन्धी स्वस्थ शिविर राखेको बताउनुभयो।सोही कार्यक्रममा वडा सदस्य बलराम सिटौला ,वडा सदस्य बेलपत्र श्रेष्ठ,वडा सदस्य उर्वशी तोलाङ गोतामे,वडा सदस्य पर्शु राम पौडेल,वडा सचिव सिता लम्साल,स्वास्थ्य चौकी इन्चार्ज कल्पना थापा लगायत स्वास्थ्य चौकीका सम्पूर्ण टीम ,नेत्र विशेषज्ञ तथा टीम ,वडाका सम्पूर्ण कर्मचारीहरु लगाएत महिला स्वयं सेविका सहितले सेवा दिएको वडा अध्यक्ष मनोज रानाभाटले बताउनुभयो।