मृत प्रमाणित व्यक्ति जीवितै फर्किए उसको कानुनी हैसियत पहिचान सम्पत्तिको हक सुरक्षित हुने
सबिना प्रजा
रसुवा बाढीबारे सामाजिक सञ्जाल एक्समा लेख्दै गगन कुमार थापाले बेपत्ताका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसक्दा पनि कानुनी रूपमा मृत्यु प्रमाणित गर्न कठिनाइ रहेको बताएका छन्। मुलुकी देवानी संहिता, २०७४ को दफा ४० अनुसार मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने व्यवस्था हटाउनुपर्ने उनको माग छ।भोटेकोशी बाढीमा आफन्त गुमाएका परिवारलाई शोकसँगै कानुनी प्रक्रियाको बोझ थपिएको भन्दै कांग्रेस सभापति गगनकुमार थापाले सरकारसँग तत्काल समाधान मागेका छन्।
यो अवरोध कायम रहे परिवारले वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिन, सम्पत्ति तथा बैंक खाता नामसारी गर्न र बिमा दाबी गर्न समस्या भोग्न सक्ने थापाले उल्लेख गरेका छन्। राहत र पेन्सन सुविधासमेत प्रभावित हुने तथा न्यायिक घोषणाका लागि अदालत पुग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।रसुवा र नुवाकोट पुग्दा पीडितबाट यस्ता गुनासा सुनेको बताउँदै थापाले भ्रमणलगत्तै विषय उठाएको स्मरण गराएका छन्। उनले सयौँ परिवारले प्रियजन गुमाएको उल्लेख गर्दै बाँचेकाहरू जीवन फेरि अघि बढाउन संघर्षरत रहेको बताएका छन्।बाढीको तीन सातापछि पनि आधिकारिक तथ्यांक सार्वजनिक नभएको र सरकारी निकायका विवरण आपसमा नमिल्दा पीडित थप अन्योलमा परेको उनको भनाइ छ।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई कानुन संशोधन गर्न आग्रह गर्दै थापाले मृत प्रमाणित व्यक्ति जीवितै फर्किए उसको कानुनी हैसियत, पहिचान र सम्पत्तिको हक सुरक्षित हुने प्रावधानसमेत राख्न सुझाएका छन्।
