समाचार

२०८३ साल कात्तिक १५ गते आइतबार १२ राशिको दैनिक भविष्यफल

Spread the love

ज्याेतिष झलक पाैडेल

आजको दिन विभिन्न १२ राशिका व्यक्तिका लागि फरक–फरक सम्भावना र अवसर लिएर आएको छ। कसैका लागि कार्यक्षेत्रमा सफलता मिल्ने संकेत छ भने कसैका लागि पारिवारिक सम्बन्ध, आर्थिक कारोबार र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। आफ्नो योजना र काममा धैर्य राख्दै अघि बढ्नुहोला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोकिएका काम अघि बढ्ने सम्भावना छ। व्यापार व्यवसायमा नयाँ अवसर मिल्न सक्छ। आर्थिक कारोबार गर्दा सोचविचार गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज काममा धैर्य र लगनशीलताको आवश्यकता पर्नेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। साथीभाइको सहयोग मिल्नेछ। पारिवारिक भेटघाटले मन प्रसन्न बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ योजना बनाउने अवसर मिल्नेछ। अध्ययन तथा लेखन क्षेत्रमा सफलता प्राप्त हुन सक्छ। व्यापारमा सोचेजस्तो प्रगति हुनेछ। बोली र व्यवहारमा संयमता अपनाउनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक जिम्मेवारी बढ्न सक्छ। कार्यक्षेत्रमा मेहनतअनुसार उपलब्धि प्राप्त हुने सम्भावना छ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। स्वास्थ्य र आराममा ध्यान दिनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आत्मविश्वास बढ्नेछ। रोकिएका काम पूरा गर्न सकिनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुन सक्छ। व्यापार व्यवसायमा नयाँ सम्पर्क स्थापित हुने सम्भावना छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज योजनाबद्ध रूपमा काम गर्दा सफलता मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। पारिवारिक सम्बन्धमा समझदारी बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। पुराना साथीहरूसँग भेटघाट हुनेछ। आर्थिक लाभको सम्भावना छ। प्रेम तथा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज काममा केही चुनौती आउन सक्छन्। धैर्यपूर्वक अघि बढ्दा सफलता प्राप्त हुनेछ। आर्थिक निर्णय गर्दा हतार नगर्नुहोला। परिवारका सदस्यको साथ र सहयोग मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज भाग्यले साथ दिने संकेत छ। अध्ययन, व्यापार तथा रोजगारीका क्षेत्रमा सकारात्मक परिणाम आउन सक्छ। नयाँ ठाउँको भ्रमणको अवसर मिल्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, खि, खु, खे, खो)
आज जिम्मेवारी बढ्नेछ। मेहनतअनुसार काममा प्रगति हुनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। परिवारसँग समय बिताउँदा मानसिक सन्तुष्टि मिल्नेछ।धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज भाग्यले साथ दिने संकेत छ। अध्ययन, व्यापार तथा रोजगारीका क्षेत्रमा सकारात्मक परिणाम आउन सक्छ। नयाँ ठाउँको भ्रमणको अवसर मिल्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, खि, खु, खे, खो)
आज जिम्मेवारी बढ्नेछ। मेहनतअनुसार काममा प्रगति हुनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। परिवारसँग समय बिताउँदा मानसिक सन्तुष्टि मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सिर्जनात्मक काममा रुचि बढ्नेछ। नयाँ योजना तथा व्यावसायिक सम्पर्कले भविष्यमा फाइदा पुर्‍याउन सक्छ। साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। खर्चमा नियन्त्रण गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मनमा नयाँ उत्साह र उमङ्ग जाग्नेछ। रोकिएका काम पूरा गर्ने अवसर मिल्न सक्छ। आर्थिक पक्षमा सुधारका संकेत छन्। पारिवारिक तथा प्रेम सम्बन्धमा समझदारी बढ्नेछ।