समाचार

समाचार लेखेकै आधारमा पत्रकार प्रकाशक वा प्रसारकलाई प्रकाउ गर्न नहुने – जगदिश खरेल

Spread the love

रास्वपाले आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न सरकार लाई निर्देशन छानबिन गरि बैठकले घटना किन, कसरी र कसबाट भयो भन्ने पत्ता लगाउन आग्रह गरेको छ।

प्रेस स्वतन्त्रताविरोधी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पार्टीको निर्णय छरास्वपाले पत्रकार नियन्त्रण र समाचार कक्षमा प्रहरी प्रवेश गरेको घटनाको छानबिन गरी दोषीलाई शीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबारको सचिवालय बैठकले कारबाहीमा सम्झौता वा ढिलासुस्ती नगर्न भनेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

समाचार लेखेकै आधारमा पत्रकार, प्रकाशक वा प्रसारकले यस्तो अवस्था भोग्न नहुने भन्दै रास्वपाले आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिएको छ।