विधिविज्ञान प्रयोगशालाको स्तरोन्नति अपराध अनुसन्धानमा बुद्धिमत्ता प्रयोग गरिने

Spread the love

सबिना प्रजा

राष्ट्रिय सुरक्षा नीति परिमार्जनदेखि सुरक्षाकर्मीको सेवा सुविधा पुनरावलोकनसम्मका योजना समेटिएको जानकारी दिएका हुन्।सरकारले नेपाली सेनाका जवानहरूको आवास सुधार कार्यक्रमलाई निरन्तरता दिँदै यसका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ। साथै ऐतिहासिक गढी र किल्लाहरूको संरक्षण गरी तिनलाई पर्यटनसँग जोड्ने नीति पनि अघि सारिएको छ।

नेपाल प्रहरि को अनुसन्धान प्रणालीलाई थप वैज्ञानिक बनाउन विधिविज्ञान प्रयोगशालाको स्तरोन्नति र अपराध अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग सुरु गरिने बजेटमा उल्लेख छ। प्रहरीको भौतिक पूर्वाधारमा समेत लगानी वृद्धि गरिनेछ।त्यस्तै आर्मि पुलिस फाेर्स नेपाल लाई अन्तर्राष्ट्रिय सीमा सुरक्षामा केन्द्रित ‘डेडिकेटेड फोर्स’ का रूपमा विकास गर्ने रणनीति बजेटले लिएको छ।सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीहरूको अवकाश सेवा अवधि र निवृत्तिभरण सुरु हुने समयबीचको अन्तर पुनरावलोकन गर्ने तयारी पनि गरेको छ।

बदलिँदो क्षेत्रीय तथा वैश्विक परिस्थितिलाई ध्यानमा राख्दै ‘राष्ट्रिय सुरक्षा नीति, २०७५’ को पुनरावलोकन गर्ने घोषणा गरिएको छ। साथै कारागार सुधार कार्यक्रममार्फत खुला कारागार अवधारणा कार्यान्वयन गर्दै जेलहरूलाई सुधार गृहका रूपमा रूपान्तरण गर्ने योजना पनि अघि सारिएको छ।विपद् व्यवस्थापनका लागि जनशक्ति र स्वयंसेवकको क्षमता विकास गरिने तथा क्षतिपूर्ति, राहत र पुनर्निर्माणमा बीमा जस्ता जोखिम व्यवस्थापन उपकरण विस्तार गरिने सरकारले जनाएको छ।