भारतले नेपालसँगको सम्बन्धलाई आफ्नो नीतिअन्तर्गत विशेष महत्त्व दिँदै
भारतको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको भ्रमण मिति सार्वजनिक गर्दै प्रधानमन्त्री बनेपछि उनी पहिलोपटक भारत भ्रमणमा आउन लागेको जनाएको छ।धानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणलाई भारत सरकारले पनि औपचारिक रूपमा घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका हुन्।भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ।भारतीय विदेश मन्त्रालयका अनुसार उक्त वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गरिनेछ। साथै, आपसी हितसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुनेछ।
भारतले नेपालसँगको सम्बन्धलाई आफ्नो ‘छिमेक पहिलो’ नीतिअन्तर्गत विशेष महत्त्व दिँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ। दुवै देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै भारतले व्यापार, विकास साझेदारी, ऊर्जा, जलस्रोत तथा भौतिक र डिजिटल सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य विस्तार भइरहेको जनाएको छ।त्यसैगरी, स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रमा पनि दुई देशबीच सहकार्य बढिरहेको भारतको भनाइ छ।प्रधानमन्त्री शाहको भ्रमणलाई दुई देशबीच हुँदै आएको उच्चस्तरीय नियमित आदानप्रदानको निरन्तरताका रूपमा व्याख्या गर्दै भारतीय विदेश मन्त्रालयले यसले द्विपक्षीय साझेदारी थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यसअघि नेपालको परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले समेत भ्रमणलाई स्वीकृति दिएको छ।भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने, राष्ट्रपति मुर्मुसँग भेटघाट गर्ने तथा विभिन्न समझदारीपत्रमा हस्ताक्षर र परियोजनाहरूको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
