समाचार

आज ऋषि पञ्चमी सप्तऋषिको पूजा गर्दै नेपाली नेपाली नारी

Spread the love

सुरेशकुमार थपलिया

हरितालिका तीजसँग जोडिएको महत्वपूर्ण पर्व ऋषि पञ्चमी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाली महिलाहरूले बिहानै स्नान गरी अरुन्धतीसहित सप्तऋषि—अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गर्ने परम्परा छ।

ऋषि पञ्चमीका अवसरमा नदी, खोला, पोखरी तथा धार्मिक स्थलहरूमा बिहानैदेखि व्रतालु महिलाहरूको चहलपहल देखिएको छ। पूजा सामग्री, फूल, अक्षता, फलफूललगायत सामग्रीसहित महिलाहरूले सप्तऋषिको पूजा गरी पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्ने गरेका छन्।
धार्मिक परम्पराअनुसार ऋषि पञ्चमीलाई आत्मशुद्धि, संयम र ऋषिहरूप्रति श्रद्धा व्यक्त गर्ने पर्वका रूपमा लिइन्छ। यससँगै तीन दिनसम्म मनाइने तीज पर्वको धार्मिक क्रम पनि ऋषि पञ्चमीसँगै समापन हुने गर्दछ।