विकास निर्माणमा तीव्रता दिँदै भरतपूर -२
भरतपुर महानगरपालिका वडा नं २ द्वारा मेयर चोक देखि प्रहरी तालिम केन्द्रको पश्चिम गेट सम्म
६०० मीटर लम्बाई र १२ मीटर चौडाई १/१मीटर नाला सहितको डबल स्ट्यान्डर्ड बाटो निर्माण कार्य सम्पन्न भएको छ। कार्यक्रमको अनुगमन गर्दै भरतपूर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष मनोज रानाभाटले आफ्ना वडा भित्रका सम्पूर्ण कच्ची बाटोहरुलाई आवश्यकताका आधारमा क्रमशः पिच गर्दै लैजाने साथै वडा भित्रका नागरिक हरुलाई शिक्षा,स्वास्थ्य तथा अन्य अपरिहार्य कुरामा विशेष तरिकाले अनुगमन गरी आफ्ना नागरिक सँगै रहेर कार्य गर्ने बताउनुभयो ।
