सवारी चालक प्रहरी नियन्त्रणमा घटनाको बारेमा थप अनुसन्धान हुदै
चितवन जिल्ला चितवन भरतपुर मरतपुर महानगर पालिका वडा नं. २९ सेतिदोभानमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ६ ख ४०९२ नम्मर डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको हाल सम्म नम्मर नखुलेको मोटरसाईकल दिनकाे१४-५५ बजे ठक्कर खाई दुर्घटना भएकाे जनाएकाे छ ।

मोटरसाईकल चालक जिल्ला लमजुङ राईनस गाउपालिका. ४ बस्ने बर्ष ५० को बलराम पराजुली शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर र पछाडी सवार गोर्खा जिल्ला सिराञ्चोक गाउपालिका १ बस्ने बर्ष २० को प्रशान्त घिमिरे शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेका घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको दुर्घटनाको कारण मोटरसाईकलमा आगलागी भई पूर्णरूपमा जली नष्ट भएको ट्रकको अगाडीको एक भागमा कुच्चिएर क्षति भएको ट्रक र चालक जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका १ बस्ने ३२ को राजु बि.क. प्रहरी नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।
