माडी नगरपालिकामा देखिएको प्रशासनिक अन्योल अन्त्य हाेला त?

Spread the love

माडी नगरपालिकाका कर्मचारीहरूले नगरपालिकामा देखिएको प्रशासनिक अन्योल अन्त्य गरी सहज कार्यवातावरण निर्माण गर्न नगर प्रमुख, उपप्रमुख तथा नगर कार्यपालिकाका सदस्यहरूसँग आग्रह गरेका छन्।बुधबार जारी गरिएको सामूहिक अनुरोधपत्रमा कर्मचारीहरूले नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकामा देखिएको प्रशासनिक जटिलताको शीघ्र समाधान गर्न आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

साउन ११ गते माडी नगरपालिका–९ स्थित जनजागृति आधारभूत विद्यालय, भालुखोलामा शिक्षक छनोटका क्रममा उत्पन्न विवाद समाधानका लागि साउन १७ गते बसेको कार्यपालिका बैठकले छानबिन समिति गठन गरेको उल्लेख गरिएको छ।छानबिन प्रक्रिया अगाडि बढिरहेका बेला साउन १९ गते छानबिन समितिका पदाधिकारीहरूले नै राजीनामा दिएपछि छानबिन प्रक्रिया अन्योलमा पर्दै नगरपालिकामा प्रशासनिक नेतृत्व अभाव सिर्जना भई दैनिक प्रशासनिक कार्यसम्पादन तथा सेवा प्रवाहमा समेत बाधा पुगेको कर्मचारीहरूको भनाइ छ ।