वाद्य वादन तालिम सम्पन्न
भरतपुर महानगरपालिका वडा नं १० द्वारा आफ्ना वडा भित्र बसोबास गर्ने १०३ जना नागरिकहरुलाई मादल , खैंजडी, मजुरा लगाएतका वाद्य वादन तालिम सम्पन्न गरी भव्य रूपमा कार्यक्रम समापन गरेको छ। वडाले सोही तालिम जनतासेवा सिपमुलक तालिम केन्द्र लाई सेवा प्रदायक संस्थाको रूपमा लिएर सोही संस्था सँग सहकार्य गरी कार्यक्रम चलाएको थियो। समापन कार्क्रमका प्रमुख अतिथि भरतपूर महानगरपालिका वडा नं १० का वडा अध्यक्ष परमेश्वर खनाल रहनु भएको थियो।त्यसै गरी विशिष्ट अतिथिहरुमा वडा सदस्यहरु सूर्य वदना हमाल,पार्वती नेपाली,रेशम राज थापा, नीरबहादुर लामा, वडा सचिव पदम प्रसाद अधिकारी रहनु भएको थियो। त्यसै गरी अतिथिहरुमा जेष्ठ नागरिक उपाध्यक्ष माधव प्रभा घिमिरे, टोल सुधार समिति अध्यक्षहरु रघुनाथ भण्डारी,चिन्तामनी गौतम, ह्रदयनाथ घिमिरे, दिनेश कटुवाल सहित मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद भण्डारी रहनु भएको थियो । समापन कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी हरुलाई सम्बोधन गर्दै हरेक नागरिक जिम्मेवार भइ आफ्नो कला , संस्कृति तथा परम्परा को जगेर्ना गर्नको लागि सबैमा अनुरोध गर्नुभयो। शुभकामना मन्तव्य कै क्रममा आफ्नो वडा भित्र शिक्षा,स्वास्थ्य,बाटो तथा अन्य अति आवश्यक विकास निर्माणका कार्यमा आफू र आफ्नो टीम सधैं आफ्ना नागरिक सँगै रहेर कार्य गरिरहेको र आगामी दिनमा पनि सँगै रहेर विकास निर्माणका कार्यमा आफू लागि पर्ने बताउनु भयो।साथै आफूभित्र रहेका दुःख, पीडा तथा व्यक्त गर्न मन् लागेका कुराहरू स्वतः स्फूर्त भनेर समाधानको पाटो खोज्न पनि सल्लाह दिनुभयो। वहाँले यस तालिम अत्यन्तै उत्कृष्ट तरिकाले सम्पन्न गरेकाले जनता सेवा सिपमुलक तालिमका केन्द्रलाई विशेष धन्यवाद दिनुभयो। त्यसै गरी वडा सदस्य सूर्य वदना हमालले आफूले सिकेका सीपलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो। वडा सदस्य पार्वती नेपालीले हरेक सहभागीलाई शुभकामना दिँदै तालिम को सही सदुपयोग गर्न सुझाव दिनुभयो। त्यसैगरि वडा सदस्य रेशम राज थापाले सम्पूर्णमा शुभकामना दिँदै यस्ता तालिमले आफ्नो संस्कृति जगेर्ना गर्ने हुनाले सबैलाई प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो। वडा सदस्य निर बहादुर लामाले सम्पूर्णमा शुभकामना दिँदै उत्कृष्ट तालिम दिई सबैलाई खुशी बनाइएकोमा जनता सेवा सिपमुलक तालिम केन्द्र लाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै गरी तालिम प्रदान गर्न सुझाव दिनुभयो। वडाका वडा सचिव पदम प्रसाद अधिकारी ले थोरै बजेटमा पनि १०३ जनालाई समावेश गराई सफलतापूर्वक तालिम सम्पन्न गराईएकोमा संस्थालाई विशेष धन्यवाद दिँदै सम्पूर्ण सहभागी हरुलाई तालिमको महत्त्व बुझी व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनुभयो।कार्यक्रम जनता सेवा सिपमुलक तालिम केन्द्रका प्रमुख देवराज थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो।





