मोवाईलहरू फेला पारी सम्बन्धित धनिलाई बुझाउने कार्य सम्पन्न
जिल्ला प्रहरी कार्यालय चितवनमा बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट मोवाईल फोन हराएको भनि प्राप्त भएका निवेदनको सम्बन्धमा तदारूकताका साथ खोजतलास परिपत्र गरी चितवन जिल्ला लगायत अन्य जिल्लाहरूमा चलाईरहेको अवस्थामा २१ थान Samsung, Redmi, Oppo, Vivo, Poco, Iphone लगायतका विभिन्न कम्पनीका मूल्य रु. ८ लाख पर्ने मोवाईलहरु फेला पारी सम्बन्धित मोवाईल धनिलाई बुझाईएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।
