मौलिक हक अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नागरिक संवाद कार्यक्रम सम्पन्न
मानव अधिकार तथा आयोजित मौलिक हक अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नागरिक संवाद कार्यक्रम नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा २०८१ फागुन १० गते शनिवारका दिन सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिपकराज आचार्य र चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष अधिवक्ता फुलमाया समाज चितवन शाखाद्वारा आयोजित मौलिक हक अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नागरिक संवाद कार्यक्रम नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा २०८१ फागुन १० गते शनिवारका दिन सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिपकराज आचार्य र चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष अधिवक्ता फुलमाया रानाभाटले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयकबारे जानकारी दिनु हुँदै उक्त विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको र यथास्थितीमा विधेयक पारित गर्न नहुने भन्दै सरोकारवालाहरूसँगको व्यापक छलफल र परामर्श गरी ल्याईनु पर्ने बताउनु भयो।

कार्यसमिति सदस्य लक्ष्मी सुवेदीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य शाखा उपसभापति जिवन के.सी. ले गर्नु भएको थियो। शन्ति समाजले तयार पारेको अवधारणा पत्र कार्यसमिति सदस्य कृति चौधरीले वाचन गर्नुभएको थियो। साथै विषयबस्तु एवं शान्ति समाजको अभियानहरूको बारेमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति राजेन्द्र पौडेलले प्रकाश पार्नु भएको थियो। त्यस्तै गरी बौद्धिक व्यक्तित्व एवं नेपाल प्राध्यापक संघका पूर्व महासचिव प्रकाश अधिकारी, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय उपाध्यक्ष डा. इश्वरीराज लौडारी, प्रजातन्त्रवादी प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व शाखा सभापति अनन्त ढुङ्गाना, मानव अधिकारकर्मी विनोदखण्ड तिमिल्सिना, मानव अधिकार सञ्जाल चितवन संयोजक दिपक लामिछाने, पूर्व डिन डा. कर्णविर पौडेल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, प्रेसयुनियन चितवनका अध्यक्ष अनिल ढकाल, भ्रष्टाचार विरूद्दको अभियान चितवनका सचिव निलकण्ठ ढुङ्गाना, नेपाल मौरीपालक महासंघ पूर्व केन्द्रीय अध्यक्ष शिव शर्मा पौडेल, उद्योग वाणिज्य संघ चितवनका विष्णु लम्साल लगायतका व्यक्तित्वहरूले धारणा राख्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन केन्द्रीय सदस्य शम्भु राउतले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व शान्ति समाजका चितवन शाखा सभापति पूर्ण चन्द्र चापागाईले गर्नु भएको थियो ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयकबारे वक्ताहरूले आ- आफ्नो धारणा राख्दै सो विधेयक सरकारले फिर्ता लिनु पर्ने र सरोकारवालाहरूसँग व्यापक परामर्श गरेर मात्र मानवअधिकार मैत्री विधेयक ल्याइनु पर्ने कुरामा जोडदिनु भएको थियो।
ब्लड डोनेसन सोसाईटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, पूर्व केन्द्रीय सचिव बाबुहरि आचार्य, सामाजिक व्यक्तित्व सुर्य प्रसाद श्रेष्ठ लगायत कानून व्यवसायी, पत्रकार, शिक्षक, प्राध्यापक, नागरिक अगुवाहरू, विभिन्न पेशाकर्मीहरू समेतको सहभागिता रहेको थियो।
