३७.५ टनमा विपद् राहत औषधि तथा खाद्यान्न रहेको- डा एस जय शंकरकाे भनाई

Spread the love

भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत ३७.५ टन राहत सामग्री बोकेको विमान काठमाडौंका लागि प्रस्थान गरेको जानकारी दिएका छन्।रसुवाका भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले थप ३७.५ टन राहत सामग्री नेपाल पठाएको छ। मानवीय सहायता, विपद् राहत सामग्री, औषधि तथा खाद्यान्न बोकेको दोस्रो विमान नेपालका लागि उडेको हो।

जयशंकरले भारत नेपालका सम्बन्धित अधिकारीसँग निरन्तर र निकट सम्पर्कमा रहेको बताएका छन्। उनले नेपालमा जारी राहत तथा उद्धार प्रयासमा भारतले निरन्तर बलियो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।यसअघि जयशंकरले भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए।भारत सरकारले यसअघि पनि १० टन राहत सामग्री नेपाल पठाइसकेको छ। उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’लाई हस्तान्तरण गरेका थिए।भारतबाट दोस्रो चरणमा पठाइएको ३७.५ टन सामग्रीमा मानवीय सहायता, विपद् राहत सामग्री, औषधि तथा खाद्यान्न रहेको जनाइएको छ।भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै तत्काल राहत व्यवस्थापनको काम जारी रहेका बेला भारतले थप सहायता पठाएको हो।