अवस्थाबारे निरन्तर निगरानी र जोखिम मूल्याङ्कन गर्नुपर्ने अवस्था
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपालको चोजियान खोला र पुर्पुच्याङ्बु खोला मिसिने दोभान नजिकै पहिरोका कारण नदी थुनिएर ठूलो अवरोधित ताल बनेको जनाएको छ।रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि जोखिम अझै नटरेको भन्दै चीनको जलस्रोत मन्त्रालयले नेपालतर्फ नदी थुनिएर बनेको नयाँ ताल फुट्न सक्ने चेतावनी दिएको छ।चिनियाँ अधिकारीहरूका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। ताल भरिएपछि पानी बाहिर बग्नसमेत थालेको बताइएको छ।
आगामी तीन दिनभित्र तालमा थप करिब ३० लाख घनमिटर पानी प्रवेश गर्न सक्ने अनुमान गरिएको छ। यससँगै तालको अवरोध जुनसुकै बेला फुटेर तल्लो तटीय क्षेत्रमा पुनः आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको चिनियाँ पक्षले जनाएको छ।भू–उपग्रह र राडारबाट निगरानी चीनको जलस्रोत मन्त्रालयले अवरोधित तालको अवस्थालाई भू–उपग्रह र राडार प्रविधिमार्फत नजिकबाट निगरानी गरिरहेको जनाएको छ।सम्भावित बाढीको गति र त्यसबाट पर्न सक्ने प्रभावबारे वैज्ञानिक गणना तथा सिमुलेसनसमेत भइरहेको छ। आपत्कालीन पूर्वतयारीका लागि आवश्यक तथ्यांक विश्लेषण गर्ने काम जारी रहेको चिनियाँ अधिकारीहरूको भनाइ छ। तिब्बततर्फ पनि ठूलो क्षति यसअघि नेपालतर्फबाट आएको बाढी र पहिरोका कारण चीनको तिब्बतस्थित ग्याइरोङ (केरुङ) नाकामा समेत ठूलो क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।बिहीबार बिहानसम्म त्यहाँ तीन जनाको मृत्यु पुष्टि भएको र दुई जनालाई जीवितै उद्धार गरिएको विवरण सार्वजनिक भएको छ।सीमा क्षेत्रमा २६० जना विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली र हेलिकोप्टर परिचालन गरिएको छ।
नेपालतर्फ फेरि सतर्कता आवश्यक
नेपालतर्फ नदी थुनिएर बनेको ताल फुट्ने सम्भावनाले तल्लो तटीय क्षेत्रमा पुनः जोखिम बढाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।
,भोटेकोशी बाढीबाट भएको क्षतिको उद्धार तथा राहत कार्य जारी रहेकै अवस्थामा नयाँ अवरोधित ताल बनेपछि सम्बन्धित निकायले यसको अवस्थाबारे निरन्तर निगरानी र जोखिम मूल्याङ्कन गर्नुपर्ने अवस्था देखिएको छ।
