१४ ग्राम ५२० मिलिग्राम हिराेईन जस्तो देखिने धुलो पदार्थ सहित २ जना पक्राउ
जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ७ बस्ने संजिव राज थिङले लागु औषध कारोबार तथा ओसार पसार गरिरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्क बाट संयुक्त रुपमा खटिएको प्रहरी टोली उक्त स्थानमा बस्ने बर्ष २८ को संजिव राज थिङ र .वडा नं. १४ बस्ने बर्ष २२ की मनिषा थिङलाई फेला पारी कोठा समेतको रितपुर्वक खानतलासी गर्दा निजहरुको साथबाट डिजिटल तराजु १ थान, बिक्रीको लागी पुरिया बनाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ५२० मिलिग्राम फेला परेको हुंदा उक्त लागु औषध बरामद गरी संजिव राज थिङ र मनिषा थिङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे
