जन प्रिय नभएका नेताहरू पार्टिमा सलबलाउन थाले

Spread the love

नेपाली काग्रेसकाे पार्टि सभापति सम्हाले लगत्तै पुर्ण बहादुर खड्कालाई अप्ठ्यारो पार्ने व्यवहार आइलाग्यो । उनलाई विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर बुझाउन कार्यकर्ताले तीन घण्टा पर्खिए । तैपनि खड्का हस्ताक्षर बुझ्न तयार भएनन् । देउवाले नेतृत्वबाट ब्रेक लिएको दिनदेखि नै पूर्णबहादुरले कमान्ड लिए पनि सम्हाल्न असहज भएको तीन घन्टाको छटपटीले नै देखाउँथ्यो । 

आफ्नो हातमा कार्यवाहकको कमान्ड आउनुअघि नै उनले पार्टीको केन्द्रीय कार्यसम्पादन र पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक चलाइसकेका थिए । तर, ती बैठकले एजेन्डा पूरा गर्न सकेका थिएनन् । यदि ती बैठक सम्पन्न हुन्थे भने २८ असोजसम्म केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय भइसक्सो तर स्थगित केन्द्रीय समितिको बैठक निरन्तर भए पनि एजेन्डा तय गर्न नेताहरूले समय मिलाउँदै छन् । बुधबार विशेष महाधिवेशनको माग गर्दै संकलन भएको हस्ताक्षर बुझेपछि केन्द्रीय समिति बैठकको एजेन्डाका बारेमा छलफल गर्न जुटे । विशेष महाधिवेशनको हस्ताक्षर पार्टीमा दर्ता भएपछि अबको एक एजेन्डा सो विषय पनि हुनेछ, जसले नियमित महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मको वर्तमान समितिको म्याद थप गर्ने विषयमा प्रश्न उठाउनेछ ।आगामि मंसिर अन्तिम साता पार्टीको १५औँ महाधिवेशन गर्ने हो भने दुई महिनाभित्र कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ । जुन काम गर्न सकिन्छ र गर्न सकिँदैन भन्नेमा कांग्रेस विभाजित बनेको छ । विशेषगरी संस्थापन समूहका नेताहरू सो काम गर्न सकिँदैन भन्नेमा छन् । उनीहरू आफू महाधिवशेन फेस गर्नुअघि नेतृत्वमा सुरक्षित छु भन्ने स्थिति नभएसम्म महाधिवेशनको वातावरण बनाउन लाग्ने छैनन् । महाधिवेशनको मिति पर धकेलेर कार्यकर्ता भेट्न देश दौडाहा गर्ने रणनीतिमा उनीहरू छन् ।  अहिले नियमित महाधिवेशन समय लिएर गर्नुपर्छ भन्नेमा सभापतिका आकांक्षी नै छन् । प्रवक्ता प्रकाशशरण महतदेखि १३औँ महाधिवेशनमा सभापति लडेर १४औँमा समूह देउवालाई बुझाएका कृष्णप्रसाद सिटौलासम्म यही लाइनमा छन् । महाधिवेशन त भइहाल्छ तर आफूअनुकूलको वातावरण बनाउन लागिपरेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार र शशांक कोइराला पनि पार्टीमा आफूअनुकूलको वातावरण बनाउन खोजिरहेका छन् ।