२३ भदौकाेआन्दोलनमा गोली चलाउनआदेश दिने सेर बहादुर देउवाकाे बिस्वास पात्र
जेन–जी आन्दोलन हुँदा तत्कालीन गृहमन्त्री रमेश लेखकले २३ भदौमा राजीनामा दिएका थिए । त्यसपछि २४ असोजको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनी सहभागी थिए । पदाधिकारी नभए पनि उनीसँगै संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला पनि सो बैठकमा सहभागी थिए । लेखकलाई सभापति देउवाले विश्वासपात्रको रूपमा भूमिका दिएर खटाएका हुन् । सो बैठकबाट निस्किएर लेखकले सञ्चारकर्मीसँग २३ भदौमा आन्दोलनमा गोली चलाउन आफूले आदेश नदिएको बताएका थिए ।
लेखक आन्दोलनपछि र आमाको निधनको काजकिरियापछि सभापति देउवासँग नजिक रहेर देउवालाई नै सहजीकरण गरिरहेका थिए । अब देउवाको तर्फबाट थप सहजीकरण गर्ने जिम्मा उनले पाएका छन् । मंगलबार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको माग राखेको हस्ताक्षर बुझ्न आनाकानी गरिरहँदा लेखक, खड्का, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदेम्बे र केन्द्रीय कार्यालयका सचिव कृष्ण पौडेलसँगै छलफलमा थिए । अबका पार्टीका महत्त्वपूर्ण बैठक र निर्णय प्रक्रियामा देउवाको तर्फबाट कार्यवाहक सभापति खड्कासँगै रहनेछन् लेखक । लेखकले खड्कालाई सहयोग गर्न पार्टीमा समन्वयको काम गर्नेछन ।
