एस्पी घिसारेर लान्छु भन्दै गएका रास्वपा सांसद रिमा विश्वकर्मा काे हर्कत ठिक हाेला त?

Spread the love

प्रधानमन्त्री बालेन र सभापति रविले थर्काएपछि सिन्धुलीका एस्पी घिसारेर लान्छु भन्दै गएका रास्वपा सांसद रिमा विश्वकर्मा ट्वाइलेट जाने भन्दै कुलेलम ठोक्नु भएको समाचार छ । सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आएको भनेर सांसद रिमाले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई थर्काउने, प्रहरी कार्यालय भित्रै पसेर प्रहरीमाथि दुर्ब्यवहार गर्ने कामको जानकारी पाएपछि प्रधानमन्त्री बालेन र रास्वपा केन्द्रीय कार्यालयबाट कडा चेतावनीयुक्त फोन आउनसाथ उहाँहरू चुपचाप घन्टी छाप बनेर हिड्नु परेको छ ।‌

यो घटनापछि सिन्धुलीमा सवैले सोधिरहेका छन, ‘माननीयज्यू, सरकारको प्रतिनिधित्व गरेर आएको भन्नुभएछ। खुर्कोट प्रहरी कार्यालयभित्र छिरेर प्रहरीलाई दुर्व्यवहार गर्ने, थर्काउने, एसपीलाई घिसारेर लैजान्छु भन्ने? यही हो रास्वपाका सांसदबाट सरकारको प्रतिनिधित्व ?

अहिले प्रधानमन्त्री कार्यालय र पार्टीले हप्काएपछि सबै कुरा मिल्यो ? जनताले साेध्न थालेका छन् ।