सिंहदरवारमा मन्त्रिपरिषद् बैठक विभिन्न निर्णय सार्वजनिक

Spread the love

सिंहदरवारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ । निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।बैठकले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए । प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ ।

प्रवक्ता पोखरेलले आर्थिक विधेयकमा कुनै चलखेल नभएको भन्दै अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएकाले पूर्ण समर्थन रहेको धारणा राखे । संसद्को अवरोधबारे प्रवक्ता पोखरेलले आवश्यक परेको अवस्थामा प्रधानमन्त्री सदनमा गएर जवाफ दिने उल्लेख गरे । उनले मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए