गृहमन्त्री सुधन गुरुङ नवप्रवर्तन मन्त्रीमा महा महावीर पुन ३ बजे पद तथा गोपनियताको सपथकाे तयारि

Spread the love

प्रधानमन्त्री शाहले मंगलबार गुरुङलाई गृहमन्त्री नियुक्त गरेका हुन् । गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए । शाहले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीपनि नियुक्त गरेका छन् । नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त भएका छन् ।गृहमन्त्री गुरुङसहित पुनले आजै अपराह्न ३ बजे पद तथा गोपनियताको सपथ लिने तयारी रहेको बालुवाटार उच्च श्रोतले जनाएको छ ।

गुरुङमाथि सम्पत्ति शुद्धीकरण र गैरकानूनी शेयर कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका दीपक भट्टसँग व्यवसायिक साझेदारी देखिएको तथा सम्पत्ति विवरणमा उल्लेख गरेको घरजग्गा, सुन र सेयर कारोबारको वैधानिक श्रोत नखुलेको आरोप लागेको थियो ।आफूमाथि प्रश्न उठेका विषयमा छानबिन गर्ने सहजताका लागि भन्दै गुरुङले मन्त्री नियुक्त भएको २६ दिनमा गत ९ वैशाखमा राजीनामा दिएका थिए । उनी पहिलोपटक १३ चैतमा गृहमन्त्री भएका थिए ।

२८ वैशाखको मन्त्रिपिरषद् बैठकले गुरुङको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारी नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।समिति संयोजक भण्डारीले केही दिनअघि प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनले गुरुङमाथि लागेको आरोपमा सफाई दिएसँगै पुनः नियुक्तिको बाटो खुलेको हो ।

रास्वपा गोरखाको जिल्ला सम्मेलनको बन्द शत्रलाई सम्बोधन गर्ने क्रममा केही दिनअघि उनले आफू छानबिनबाट ‘क्लिन चिट’ पाएर पुनः गृहमन्त्रीमा फर्किए दुई महिनासम्म भेट्न र तस्बिर खिचाउन नआउन भनेका थिए ।उनको उक्त अभिव्यक्तिपछि गुरुङ पुनः मन्त्रीमा फर्कन लागेको अड्कालीबाजी गरिएको थियो ।

नयाँ मन्त्रालयका पहिलो मन्त्री महावीर


स्वतन्त्र सांसद् महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगबार पुनलाई मन्त्री नियुक्त गरेका छन् । पुन र गृहमन्त्री सुधन गुरुङले आजै पद तथा गोपनियताको सपथ लिने तयारी छ ।
पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । मन्त्री पदबाट राजीनामा दिएर उनले २१ फागुनको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन थियो ।
मन्त्रिपरिषद् बैठकले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै गत ३० वैशाखमा उक्त मन्त्रालय स्थापना गर्ने निर्णय गरेको थियो ।