विज्ञान प्रविधि नवप्रवर्तन क्षेत्रमा परिणाममुखी काम गर्ने लामो समयसम्म मन्त्री पदमा बस्ने सोचमा नरहेको – महाबिर पुन
सबिना प्रजा
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू मन्त्रालयमै सुत्ने र बस्ने योजना रहेको बताएका हुन्।उनले सरकारले आवास (क्वार्टर) उपलब्ध गराएमा त्यहाँ जाने भए पनि तत्काल त्यस्तो व्यवस्था हुने सम्भावना नरहेको बताए। मन्त्रालयमै बस्न पाएको खण्डमा आफू अझ खुसी हुने भन्दै कामप्रति पूर्ण रूपमा समर्पित हुने धारणा राखे।
मन्त्री पुनले भने, “यहीँ सुत्ने हो, यहीँ बस्ने हो। सरकारले क्वार्टर दियो भने जाने हो। क्वार्टरमा भन्दा यहीँ बस्न पाएँ भने खुसी। जाँगर चले काम गर्ने हो, नभए सुत्ने हो, फेरि उठेर काम गर्ने हो। मेरो तरिका यही हो।”उनले आफू लामो समयसम्म मन्त्री पदमा बस्ने सोचमा नरहेको पनि स्पष्ट पारे। “म पाँच वर्ष मन्त्री भएर बस्ने मान्छे होइन,” भन्दै उनले आफ्नो प्राथमिकता विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा परिणाममुखी काम गर्ने रहेको बताए।
