दरबार हत्याकाण्डसम्बन्धी फाइल खोल्ने छानबिनलाई तार्किक निष्कर्षमा पुर्‍याउने – गृहमन्त्री सुधन गुरुङ

Spread the love

सबिना प्रजा

गृहमन्त्री गुरुङले मंगलबार पदभार ग्रहण गर्दै २०५८ जेठ १९ गते भएको दरबार ह’त्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने र छानबिनलाई तार्किक निष्कर्षमा पुर्‍याउने निर्णय गरेका थिए ।सोही निर्णयपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद शाहीले नवनियुक्त गृहमन्त्री गुरुङलाई बधाई दिएका छन् ।उनले घटनाको निष्पक्ष र गहन छानबिनका लागि घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।शाहीले तत्कालीन गृहमन्त्री एवं वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई समेत अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।

उनले लेखेका छन्, ‘दरबार ह’त्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु । सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहनुभएका सबै सरोकारवालाहरू, विशेषगरी तत्कालीन गृहमन्त्री एवं वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेलज्यू लगायतलाई अनुसन्धानको दायरामा ल्याई निष्पक्ष छानबिन गर्न हार्दिक अपिल गर्दछु ।’दरबार ह’त्याकाण्ड नेपालको आधुनिक राजनीतिक इतिहासकै संवेदनशील र विवादित घटना मानिन्छ । घटनाबारे विगतमा विभिन्न प्रतिवेदन तयार भए पनि यसबारे अझै सार्वजनिक बहस र प्रश्न उठ्दै आएका छन् ।गृहमन्त्री गुरुङको निर्णयपछि यो विषय फेरि राजनीतिक बहसको केन्द्रमा आउने देखिएको छ ।