सेयर निष्काशन प्रक्रिया अघि पहिलो वाइन उद्योग मकालु वाइनले ल्याउँदै आईपीओ, १० लाख कित्ता सेयर सर्वसाधारणलाई

Spread the love

सबिना प्रजा

वाइन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि १० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर साधारण सेयर निष्काशन प्रक्रिया अघि बढाएको हो।

आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड लाई बिक्री तथा निष्काशन प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतामा मकालु वाइनका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको कम्पनीले करिब तीन दशकदेखि चुत्रो र ऐंसेलुबाट “हिंवा वाइन” उत्पादन गर्दै आएको छ। कम्पनीले हिमाली क्षेत्रमा पाइने प्राकृतिक स्रोत र अर्गानिक कच्चा पदार्थ प्रयोग गरी वाइन उत्पादन गरिरहेको जनाएको छ।

कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टजस्ता संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ।मकालु वाइनले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ।आईपीओ निष्काशनसँगै नेपालको अर्गानिक वाइन उद्योग पहिलोपटक पूँजी बजारमा प्रवेश गर्ने तयारीमा पुगेको छ। यसलाई नेपाली वाइन उद्योगको विस्तार र लगानी आकर्षणका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।